कैलालीको भासु भीरमा कार खस्यो
धनगढी । कैलालीको भासु भीरमा कार खसेको छ । चुरे गाउँपालिका–५ मा पर्ने भासु भीरमा आइतबार बिहान सुपप्र ०१००२ च १०६२ नम्बरको कार अनियन्त्रित भएर खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा कारमा सवार गोदावरी नगरपालिका–२ बस्ने २४ वर्षीया निर्मला नाथ घाइते भएकी छन् । उनको अत्तरियामा उपचार भइरहेको छ ।
कार चालक नगरपालिका–२ बस्ने ४० वर्षीय धिरबहादुर महरासहितका कारमा सवार अन्य तीन जना भने सकुशल छन् ।
 
                     
                                 
                         
                                         
                                         
                                             
                                             
                                     
                                             
                                             
                                     
                                     
                                     
                                     
                                     
                                             
                         
                         
                         
                         
                        
प्रतिक्रिया