कैलालीको चौकीडाँडामा स्कारपियो घदुुर्घटना हुँदा चालकको मृत्यु

  आइतबार ०२, चैत २०८१ ०७:३९

धनगढी । कैलालीमा अनियन्त्रित भएर स्कारपियो दुुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका–३ को चौकीडाँडामा अत्तरियादेखि महेन्द्रनगरतर्फ गइरहेको बा १७ च९६४५ नम्बरको स्कारपियो शनिबार साँझ अनियन्त्रित भएर घरको भित्तामा ठोक्किएको थियो ।

दुर्घटनामा चालक कृष्णपुर नगरपालिका–४ बस्ने ३५ सिवित रानाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र सिंह बोहराले अनियन्त्रित भएको स्कारपियो सडक भन्दा करीब ५० मिटर दक्षिणतर्फ रहेको बहादुर कडाराको पक्की घरको भित्तामा ठोक्किएको बताए ।

घरको भित्तामा स्कारपियो ठोक्किएपछि गम्भीर घाइते भएका उनको राति साढे ९ बजे सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको डीएसपी बोहराले बताए ।

clock आइतबार ०२, चैत २०८१ ०७:३९

प्रतिक्रिया