बझाङको दहबगर स्वास्थ्य चौकीका निवर्तमान इन्चार्ज धामीको निधन
बझाङ । बझाङको दहबगर स्वास्थ्य चौकीका निवर्तमान इन्चार्ज धामीको निधन भएको छ। जिल्लाको बुङ्गल नगरपालिका–१ अन्तर्गत दहबगर स्वास्थ्य चौकीका निवर्तमान इन्चार्ज वीरबहादुर धामीको निधन भएको छ।
लामो समयदेखि स्वास्थ्य सेवामा योगदान दिँदै आएका धामीको क्यान्सर रोगका कारण बुधबार बिहान निधन भएको हो। विक्रम संम्बद २०५२ सालमा स्थायी नियुक्ति पाएर सुर्मा स्वास्थ्य चौकीबाट स्वास्थ्य सेवा सुरू गर्नुभएका धामीले २०५४ सालदेखि दहबगर स्वास्थ्य चौकीमा सेवा गर्दै आएका थिए।
२०७४ सालदेखि बुङ्गल नगरपालिकाको स्वास्थ्य शाखा संयोजकको रूपमा कार्यभार सम्हाल्नुभएको उनले पुनः २०७६ सालदेखि २०८१ साल मङ्सिरसम्म दहबगर स्वास्थ्य चौकीको इन्चार्जका रूपमा समेत कार्यरत रहेका थिए। उनी हाल गोदावरी नगरपालिका–२, अत्तरियामा बस्थे।
 
                     
                                 
                         
                                         
                                         
                                             
                                             
                                     
                                             
                                             
                                     
                                     
                                     
                                     
                                     
                                             
                         
                         
                         
                         
                        
प्रतिक्रिया