डडेल्धुराको सहकारीमा चोरी, अध्यक्ष र प्रबन्धकसहित पाँच जना पक्राउ
डडेल्धुरा । डडेल्धुराको शीर्ष साना किसान कृषि सहकारी संस्था लिमिटेडमा रकम चोरी भएको एक वर्षपछि प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सहकारीका अध्यक्ष बिरेन्द्र बिष्ट, प्रबन्धक हरिशप्रसाद भट्ट, सहायक प्रबन्धक सुमित्रा भट्ट लगायत अन्य सहकारीसँग आबद्ध व्यक्तिहरू पनि रहेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार पक्राउ परेका व्यक्तिहरूलाई जिल्ला प्रहरी कार्यालयमा लगिदै छ। प्रारम्भिक अनुसन्धानको क्रममा चोरीमा उनीहरू संलग्नता देखिएकोले थप अनुसन्धान जारी थालिएको डीएसपी श्रेष्ठले बताए।
गत चैत २३ मा परशुराम नगरपालिका–४ कटालस्थित उक्त सहकारीको कार्यालयबाट ११ लाख १३ हजार चोरी भएको थियो। कार्यालयको पछाडिको ढोका खोलेर नगद राखिएको लकर फुटाइ रकम चोरी भएको थियो। सीसीटीभी फुटेजको आधारमा अनुसन्धान जारी राखिएको थियो।
प्रतिक्रिया