कञ्चनपुरको बेलौरी नगरपालिका– ३ का वडाध्यक्ष सिताराम रिजालको निधन
कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष सिताराम रिजालको निधन भएको छ । केही महिनायता फोक्सोसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष रिजालको गएराति आफ्नै निवासमा निधन भएको परिवारकि श्रोतले जनाएको छ ।
उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आज बिहान १० देखि ११ बजेसम्म वडा कार्यालयमा राखिने र त्यसपछि आजै दिउँसो बेलौरी स्थित भकुण्डा आर्यघाटमा अन्तिम संस्कार गरिने बताइएको छ ।
२००९ भदौ ५ गते धादिङ जिल्लाको साबिक नीलकण्ठ गाउँ पञ्चायत वडा नम्बर ५ साँखुमा बुवा मुक्तिनाथ रिजाल र आमा वाल कुमारी रिजालको कोखबाट जन्मिएका भएका सिताराम रिजाल २०३९ सालको गाउँ पञ्चायत निर्वाचनमा वडा अध्यक्षको रूपमा निर्वाचित भए । २०४१ सालतिर उनी परिवार सहित कञ्चनपुरको साबिक लक्ष्मीपुर गाविस वडा नम्बर ९ (हाल बेलौरी नगरपालिका वडा नम्बर ३) मा बसाइँ सरे ।
२०७४ सालको स्थानीय तह सदस्य निर्वाचनमा उनले नेकपा (एमाले) बाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । तर झिनो मतान्तरले पराजित भए । त्यसपछि २०७९ सालको स्थानीय तह सदस्य निर्वाचनमा उनी वडाध्यक्ष पदमा निर्वाचित भएका हुन ।
उनकी श्रीमती डिल कुमारी रिजालको २०७९ सालको स्थानीय तह निर्वाचनकै समयमा निधन भएको थियो । उनका छोराहरू हरिप्रसाद रिजाल, स्व। अर्जुन प्रसाद रिजाल, बाबुराम रिजाल, ठाकुर प्रसाद रिजाल र छोरी गीता रिजाल हुन् । वडाध्यक्ष रिजालको असामयिक निधनले बेलौरी क्षेत्रमा शोकको वातावरण बनेको छ । स्थानीयवासी र शुभचिन्तकहरू समाज र राजनीतिमा उहाँले पुर्याएको योगदानको स्मरण गरिरहेका छन् ।
प्रतिक्रिया