नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८, महिलाको संख्या ६ लाख ५० हजार बढी

  शुक्रबार १०, चैत २०७९ ११:५१

काठमाडौं । नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ। यसअघि सार्वजनिक प्रारम्भिक विवरणमा दुई करोड ९१ लाख ९२ हजार ४८० थियो।

केन्द्रीय तथ्यांक विभागले शुक्रबार अन्तिम नतिजा सार्वजनिक गर्दै प्रारम्भिकभन्दा केही कम रहेको जनाएको हो।  गएको १० वर्षमा २७ लाखले नेपालीको जनसंख्या बढेको बताइएको छ।

पुरुषभन्दा महिला ६ लाख ५० हजार बढी रहेको बताइएको छ। जनसंख्या बृद्धिदर विकसित मुलुककै दाँजोमा रहेको बताइएको छ। जनसंख्या वृद्धिदर ० दशमलव ९२ प्रतिशत प्रतिवर्ष रहेको बताइएको छ।

सबैभन्दा धेरै २० प्रतिशतभन्दा कम क्षेत्र ओगट्ने तराईमा ५४ प्रतिशत जनसंख्या रहेको बताइएको छ। यसैगरी पहाडमा ४० र र हिमालमा ६ प्रतिशतको बसोबास रहेको छ। हिमाल र पहाडमा जनसंख्या घटेको पाइएको छ भने तराईमा बढेको छ।

clock शुक्रबार १०, चैत २०७९ ११:५१

प्रतिक्रिया