बैतडीमा भरुवा बन्दुक र जंगली जनावरको छालासहित एक जना पक्राउ
बैतडी । बैतडीमा भरुववा बन्दुक र जंगली जनावरको छालासहित एक जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा दोगडाकेदार गाउँपालिका–८ चौरथली कालागाउँ बस्ने ५१ वर्षीय पाल बिष्ट रहेको प्रहरीले जनाएको छ ।
गोप्य सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट तल्लादेहीको टोलीले मंगलबार विष्टको घर खानतलासी गरेको थियो ।
सो क्रममा एक थान भरुवा बन्दुक, ७ राउण्ड गोली, २ वटा घोरलको छाला र एउटा रतुवाको छाला बरामद गरिएको छ ।
उनलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया