लेनदेन विवाद : गोली प्रहार गरी बैतडीमा युवकको हत्या
बैतडी । लेनदेन विवादमा बैतडीमा गोली प्रहार गर्दा एक युवकको मृत्यु भएको छ । छिमेकी दाजु नाता पर्नेको गोली प्रहारबाट घाइते हुनुभएका दोगडाकेदार गाउँपालिका–८ कालागाउँ चौसिलाका २२ वर्षीय सुरेन्द्र विष्टको मृत्यु भएको भएको हो ।
आफ्नै घरमा रहेको बन्दुकबाट गोली प्रहारबाट गम्भीर घाइते भएका सुरेन्द्रको उपचारका लागि जिल्ला अस्पताल बैतडी लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक बलदेव बडूले बताउनुभयो ।
सुरेन्द्रलाई दाजु नाता पर्ने ४५ वर्षीय कर्णबहादुर विष्टले शनिबार राति गोली प्रहार गरेको प्रहरी निरीक्षक बडूले बताउनुभयो ।
शनिबार राति करिब ८ बजे लेनदेनका विषयमा कर्णबहादुर र सुरेन्द्रबिच विवाद हुँदा कर्णबहादुरले सुरेन्द्रमाथि गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरी निरीक्षक बडूले जानकारी दिनुभयो ।
गोली प्रहार गर्ने कर्णबहादुर फरार भएका छन् । उनको खोजी तथा घटनाको थप अनुसन्धान भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बडू, इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक राजेन्द्र साउद तथा खोचलेक प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षक गणेश कडायत नेतृत्वको टोली घटनास्थलमा खटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
 
 
                     
                                 
                         
                                         
                                         
                                             
                                             
                                     
                                             
                                             
                                     
                                     
                                     
                                     
                                     
                                             
                         
                         
                         
                         
                        
प्रतिक्रिया