गोदावरीबाट लागूऔषधसहित दुई जना पक्राउ

  शुक्रबार १६, फागुन २०८१ ०८:२५

धनगढी । कैलालीको गोदावरीबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। बैतडीको पुर्चौडी नगरपालिका–१० घर भई हाल कैलालीको गोदावरी नगरपालिका–१ बस्ने २८ वर्षीय विशाल महरा र कैलालीको गोदावरी नगरपालिकाण्२ बस्ने १८ वर्षीय किसन भट्ट लागूऔषधसहित पक्राउ परेका हुन्। 

गोदावरी नगरपालिका–१ धनगढी रोडमा हिडिरहेको अवस्थामा चेकजाँच गर्दा उनीहरूको साथबाट ७१० मिलिग्राम लागूूऔषध (खैरो हिरोइन) फेलापारी बरामद गरि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।  

उनीहरुलाई इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान समुह र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले बिहीवार पक्राउ गरेको जनाएको छ। 

clock शुक्रबार १६, फागुन २०८१ ०८:२५

प्रतिक्रिया