अत्तरिया खानेपानीका अध्यक्ष टिकादत्त जोशीको निधन

  शुक्रबार १६, फागुन २०८१ ०७:५५

धनगढी । अत्तरिया साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष टिकादत्त जोशीको निधन भएको छ । अचानक बिरामी भएर सेती अस्पतालमा भर्ना भएका जोशीको गयराती निधन भएको हो ।

गोदावरी नगरपालिका – ४ निवासी जोशी अचानक अचेत भएपछि बिहिबार नै सेती अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा बोलचाल गर्न थालेका जोशीको राती साढे १२ बजे निधन भएको वडाध्यक्ष हेम प्रकाश मल्लले बताए ।

लामो समय देखि सामाजिक कार्यमा सक्रिय जोशी अत्तरियाका बिभिन्न संघसस्थामा आवद्ध थिए । उनी नेपाली काङ्ग्रेस कैलालीका वरिष्ठ नेता समेत हुन ।

clock शुक्रबार १६, फागुन २०८१ ०७:५५

प्रतिक्रिया