सुदूरपश्चिम र कर्णालीमा चट्याङसहित वर्षाको सम्भावना

  बिहिबार १५, फागुन २०८१ ०७:४१

काठमाडौं । आज पनि देशका धेरै ठाउँमा मौसम बदली भएको छ । पश्चिमी वायूको आंशिक प्रभावका कारण मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली भएको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ । तराईका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ ।

आज सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा र  देशका बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा र बाँकी  प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको छ । 

clock बिहिबार १५, फागुन २०८१ ०७:४१

प्रतिक्रिया