बैतडीको आरुबाटा भीरमा फेला परेको शवको अझै सनाखत भएन

  शनिबार १०, फागुन २०८१ १४:०६

बैतडी । बैतडीको आरुबाटा भीरमा फेला परेको वेवारिसे शवको अझै सनाखत हुन सकेको छैन । यही फागुन १ गते जिल्लाको पाटन नगरपालिका– ८ को आरुभाटा भीरमा फेला परेको पुरुषको शवको हालसम्म पनि सनाखत हुन नसकेको हो ।

सडेको अवस्थामा फेला परेको उक्त शवको हुलिया पनि सार्वजनिक गरिएको थियो । प्रहरीका अनुसार शवको माथिल्लो शरीरमा निलो ट्रयाक सुट र खरानी रंगको हाइनेक तथा तल्लो शरीरमा कालो रंगको पाइन्ट लगाईएको छ ।

उक्त शवको बिषयमा सबै ठाउँमा जानकारी गराइसकिएको भएपनि अहिले सम्म कोही सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

जिल्ला अस्पतालको शव गृहमा राखिएको शवको सनाखत नभएपछि शव व्यवस्थापन गर्ने प्रक्रियामा जाने तयारी भएको कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताएका छन । उनले शव व्यवस्थापन निर्देशिका अनुसार उक्त शवको सतगत गर्ने तयारी भएको बताए ।

clock शनिबार १०, फागुन २०८१ १४:०६

प्रतिक्रिया