कैलालीको भजनीबाट १४ वर्षीया किशोरी बेपत्ता
धनगढी । कैलालीको भजनीबाट एक किशोरी बेपत्ता भएकी छन् । भजनी नगरपालिका–३ पडरियाका सुुपाईराम डगौराकी १४ वर्षीया छोरी निलम डगौरा बिहीबारदेखि बेपत्ता भएको प्रहरीले जनाएको छ ।
दिउँसो साढे १ बजे कसैलाई थाहा नदिएर घरबाट निस्किएकी डगौरा अबेर रातिसम्म नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए ।
अहिले प्रहरी उनको खोजीमा जुुटेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० कबिन्द्र सिंह बोहराले बताए ।
प्रतिक्रिया