डोटीका जनक रावल कैलालीको अत्तरीयाबाट १० दीन देखी वेपत्ता
धनगढी । डोटीको के.आई. सिंह गाउँपालिका ५ का ३५ बर्षिय जनक रावल १० दीनबाट कैलालीको अत्तरीयाबाट वेपत्ता भएका हुन ।
दिल्लीबाट नेपाल आउँदै गरेका रावल अत्तरीया सम्म पगेको जानकारी भएपनि त्यपछि कता गएभन्ने जानकारी नआएको बताएका छन् ।
उनीसँगै भारतबाट राजगारी गरेका व्यक्ति घर पुगिसके पनी जनक अहिलेसम्म न त घरमा गुगेको न त कुनै सम्पर्क हुन सकेको उनका आफन्तको भनाई छ ।
उनका भतिजा इन्द्र रावलले यदि कसैले उनलाई देखेको खण्डमा नजिकैको प्रहरी चौकी वा परिवारलाई खबर गरीदीन अनुरोध गरेका छन् ।
प्रतिक्रिया