सुदूरपश्चिममा गत बर्ष मानव अधिकार उल्लघंनका घटनाबाट १ हजार ८८ जना पिडित

  बुधबार ०७, फागुन २०८१ १७:३४

धनगढी । सुदूरपश्चिम प्रदेशमा मानव अधिकार उल्लघंन, ज्यादजती लगायतका एक हजार ८१ घटनामा १ हजार ८८ जना पिडित भएका छन् । अनौपचारिक सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेशले तयार पारेको तथ्याकं अनुसार सन २०२४ सालमा १ हजार ८८ जना पिडित बनेका छन् । सो बर्ष मानव अधिकार उल्लघंनका ११ घटनामा एक महिला र १० पुरुष गरी ११ जना तथा ज्यादजतीका १ हजार ७० घटनामा १ हजार ५४ जना महिला र ३४ जना पुरुष गरी १ हजार ८८ जना पिडित भएको तथ्याकंमा उल्लेख छ ।

 एक कार्यक्रमका बिच २०२४ सालको इन्सेक मानव पुस्तक सार्वजनिक कार्यक्रममा सो तथ्याकं सार्बजनिक गरिएको हो । इन्सेकका अनुसार सन २०२३ भन्दा २०२४ मा १ सय २ जना कम पिडित भएका छन् । राज्य पक्षबाट ११ जना, कुटपिट, धारिलो हतियारमा ९ जना, ११ जना घाइते, १ सय ५ जना बाल अधिकार उल्लघंन, तिन जना जातिय बिभेद, ९ सय ४७ महिला अधिकार उल्लघंनका घटना घटेको इन्सेक सुदुरपश्चिम संयोजक खडकराज जोशीले बताए ।

यस्तै २०२४ सालमा १ जनाको कारागारमा मृत्यु, ३ जनामाथी जातिय बिभेद, ८ जना माथी कुटपिट यसमा ६ जनामाथी राज्यपक्षबाटै कुटपिट भएको तथ्याकंले देखाएको छ । यस्तै १ जनाको हिरासतमा मृत्यु, ९ जनाको हत्या र ६ जनालाई राज्यले गिरफ्तारी गरी मानव अधिकार उल्लघंनका १०८८ घटना घटेको इन्सेकको तथ्याकंमा उल्लेख छ ।

इन्सेकले तथ्याकंका लागी मात्रै भन्दापनि यस्ता मानव अधिकार उल्लघंनका घटना पुर्ण रुपमा रोक्ने गरी काम गरिरहेको बताउँदै संयोजक जोशीले सञ्चारकर्मीले यस्ता मुद्धा महत्वका साथ उठाइदिनुपर्ने बताए ।

clock बुधबार ०७, फागुन २०८१ १७:३४

प्रतिक्रिया