धनगढीका ४ जना खैरो हेरोइनसहित पक्राउ
धनगढी । धनगढीका ४ जना खैरो हेरोइनसहित पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका–८ नवदुर्गा टोलबाट सोही ठाउँ बस्ने ३० वर्षीय भक्त राज जोशी, ३२ वर्षीय प्रदिप योगी, धनगढी उपमहानगरपालिका–१ बस्ने २४ वर्षीय बल श्रीमाल र १८ वर्षीय किशोरसहित चार जना खैरो हेरोइनसहित पक्राउ परेका हुन्।
चारै जनालाई १ ग्राम १२० मिलिग्राम खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया