लागू औषध सहित सुदूरपश्चिमका ७ जना पक्राउ

  बुधबार ३०, माघ २०८१ ०९:०७

धनगढी । कैलाली कञ्चनपुरबाट प्रहरीले लागू औषध सहित ७ जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलाली, कञ्चनपुर सहित डडेल्धुरा, दार्चुलाका रहेका छन् । मंगलबार साँझ धनगढी उपमहानगरपालिका – ३ राष्ट्रिय वाणिज्य बैङ्क नजिकबाट ३६ वर्षीय सुर्जा नाथलाई ३ ग्राम ९१० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

यस्तै मंगलबार राती धनगढी उपमहानगरपालिका – ३ बोराडाँडीबाट कृष्णपुर नगरपालिका – ९ का ३३ वर्षीय भरत नाथलाई १ ग्राम ३० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित पक्राउ गरिएको छ । मंगलबार राती नै कञ्चनपुरको कृष्णपुर नगरपालिका – ९ राजघाटबाट सोही ठाउँ डेरा गरी बस्ने डडेल्धुराको आलिताल गाउँपालिका – ७ का ३० वर्षीय दल बहादुर बोहरालाई ४६ मिलिग्राम लागू औषध खैरो हेरोइन सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

शनिवार राती कञ्चनपुरको भीमदत्त नगरपालिका – ३ भासीमा  भीमदत्त नगरपालिका – ६ का  ४२ वर्षीय सरस्वती कुमारी विष्टले सञ्चालन गरेको पुर्णागिरी होटेलबाट ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सरस्वती सहित उनका छोरा २४ वर्षीय प्रकाश सिंह धामी, दार्चुलाको शैल्यशिखर नगरपालिका – ९ का ३० वर्षीय सुशील विष्ट र मालीकार्जुन गाउँपालिका – ८ का ३२ वर्षीय गोविन्द धामी रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । उनीहरूको साथबाट ५।२३ ग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको छ ।
 

clock बुधबार ३०, माघ २०८१ ०९:०७

प्रतिक्रिया