बझाङका दुई युवकको भारतमा डुबेर मृत्यु

  सोमबार २८, माघ २०८१ ०७:१२

बझाङ । बझाङका दुई जना युवाको भारतको बेंगलरुमा पौडी खेल्ने क्रममा मृत्यु भएको छ।

मृत्यु हुनेमा केदारस्यूँ गाउँपालीका वडा नम्बर ७ का  वीरेन्द्र बिक र सोही गाउँपालिका वडा नम्बर ९ सेकू निवासी विनय बिक रहेका छन्।

उनीहरू नजिकका स्थानीय प्रमानन्द चिमाडीका अनुसार उनीहरू रोजगारीको सिलसिलामा भारतको बेंगलरूमा थिए।

त्यहाँ पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएको उनले बताए।

clock सोमबार २८, माघ २०८१ ०७:१२

प्रतिक्रिया