डोटीमा बालुवा बोकेको ट्याक्टर दुर्घटना, एक जना घाइते

  आइतबार २७, माघ २०८१ १७:४३

डोटी । डोटीमा बालुवा बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जना घाइते भएका छन्।

जिल्लाको दिपायल सिलगढी नगरपालिका–३ मठमा सेती नदीको किनारबाट आइतबार ३ः३५ बजेको समयमा बालुवा लिई दिपायलतर्फ जाँदै गरेको सुदरपश्चिम ०१००२ त ४६५९ नम्बरको ट्याक्टर उकालोमा ब्याक भएर सडकबाट अन्दाजी १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

उक्त दुर्घटनामा सोही ट्र्याक्टरमा काम गर्ने कैलालीको गोदावरी नगरपालिका–९ गेटा बस्ने २२ वर्षीय नारायण चौधरी घाइते भएका प्रहरीले छन्।

उनलाई उपचारका लागि शैलेश्वरी अस्पताल दिपायल पठाइएको प्रहरीले जनाइएको छ। ट्र्याक्टर चालक दिपायल सिलगढी–३ पुलबजारका सुरेश नेपाली भने फरार छन्। उनको खोजिकार्य भइरहेको प्रहरीले बताएको छ।

clock आइतबार २७, माघ २०८१ १७:४३

प्रतिक्रिया