कञ्चनपुरको एक भान्सा घर र गोठमा आगलागी

  आइतबार २७, माघ २०८१ ०८:५६

कञ्चनपुर । कञ्चनपुरको एक भान्सा घर र गोठमा आगलागी भएको छ। दोधारा चाँदनी नगरपालिका–९ झाक्रीटोल बस्ने कर्णबहादुर शाहीको भान्सा घर र गोठमा बिद्युतको तार सर्ट भई शनिवार आगलागी भएको हो। 

आगलागी हुँदा भान्सा कोठा र गोठभित्र रहेका खाद्यान्न, लत्ता कपडा, भाँडावर्तन, काठ लगायतका सामान गरी अन्दाजी एक लाख मुल्य बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुुरले जनाएको छ। 

clock आइतबार २७, माघ २०८१ ०८:५६

प्रतिक्रिया