कैलालीको घुरहा पुल जोगाउन ५० लाख बजेट

  बिहिबार २५, माघ २०८१ १३:०९
काम चलाउन किनारमा टालटुल गरिएको घुरहा पुल । तस्बिर : अविनाश चौधरी

धनगढी । कैलालीको घुरहा नदीमा रहेको घुरहा पुल जोगाउनका लागि सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख रुपियाँ बजेट खर्च गर्ने भएको छ ।

पुलको पूर्वी किनारमा परेको भ्वाङ मर्मत र कटान नियन्त्रणका लागि प्रदेश सरकारले बजेट छुट्टयाएको हो । केही वर्ष पहिले निर्माण गरिएको कैलारी गाउँपालिका–४ को के गाउँ र ६ को भगतपुर, धर्मापुर जोड्ने सो पुल जोखिममा छ । 

नदीले पूर्वतिर बहाव परिवर्तन गर्दा पुल किनारमा ठुलो भ्वाङ परेको छ । वर्षा याममा पुलको पूर्वी भागमा हरेक वर्ष कटान हुँदै आएको छ । 

पुलको पूर्वी भागमा परेको भ्वाङ टाल्न र कटान नियन्त्रणका लागि प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले बजेट छुट्टयाएर प्रक्रिया अगाडि बढाएको कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले जानकारी दिए ।

 उनले केही दिनमा ठेक्का भएर मर्मतको काम अगाडि बढ्ने बताए । पुल किनारमा भ्वाङ परेपछि ओहोरदोहोरमा समस्या छ । 

पुल किनारको भ्वाङले गर्दा ठुलो दुर्घटनाको जोखिमसमेत रहेको छ । काम चलाउन स्थानीय सरकारले भ्वाङमा माटो र झारपात हालेर टालटुल गर्ने कार्य गर्दै आएको थियो । 

clock बिहिबार २५, माघ २०८१ १३:०९

प्रतिक्रिया