डोटीको पिपल्लाबाट खैरो हेरोइनसहित तीन जना पक्राउ

  बिहिबार २४, माघ २०८१ ०९:१५

डोटी । डोटीको मुख्य व्यापारीक केन्द्र पिपल्ला बजारबाट खैरो हेरोइनसहित तीन जना पक्राउ परेका छन्। 

दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला बजारमा चेकजाँच गर्दा दिपायल सिलगढी नगरपालिका–२ दिपायल बस्ने ३० वर्षीय कमल अग्रवाल, आदर्श गाउँपालिका– ५ बस्ने २२ वर्षीय दिनेश रोकाया र आदर्श गाउँपालिका– ४ देहिमाण्डौ घर भई पिपल्ला कोठा गरी बस्ने १९ वर्षीय अर्जुन बोहरा पक्राउ परेका हुन्। 

तीनै जनालाई शुन्य दशमलव ४२० ग्राम खैरो हेरोइनसहित जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। 

clock बिहिबार २४, माघ २०८१ ०९:१५

प्रतिक्रिया