कैलारीको हौसलपुर जोड्ने मोहना नदिमा झोलुङ्गे पुल निर्माण

  शुक्रबार १०, चैत २०७९ ०९:३१

धनगढी । कैलाली जिल्लाको कैलारी गाउँपालिका–७ स्थित हौसलपुर जोड्ने मोहना नदिमा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ। पुल निर्माण भएपछि यहाँका स्थानीयहरु खुशी भएका छन्।

पुलको निर्माण कार्य सम्पन्न भएसँगै एकसाता अघिदेखि स्थानीयहरु झोलुङ्गे पुल भएर ओहोरदोहोर गरिरहेका गाउँपालिकाका प्रवक्ता समेत रहेका वडा नम्बर ७ का वडा अध्यक्ष दिपेन्द्र बमले जानकारी दिए। उनले केही दिनमा एक कार्यक्रमको आयोजना गरि पुलको उद्घाटन गरिने बताए।

हौसलपुर गाउँवासी र सो आसपास गाउँका स्थानीयको समस्यालाई मध्यनजर गरेर सङ्घीय सरकारसंग झोलुङ्गे पुल माग गरिएको पूर्व वडा अध्यक्ष कमलप्रसाद चौधरीले बताए। पुल निर्माण भएपछि हौसलपुर गाउँका स्थानीयलाईमात्रै नभइ भुईयाँफाँटा, रामपुर, तिघरी, बसन्ता, रतनपुर लगायतका स्थानीयलाई ओहोरदोहोर गर्न सहज भएको छ।

सङ्घीय सरकारको आयोजना अन्तर्गत सङ्घीय सरकारको ७५ लाख रुपैयाँ लगानीमा मोहना नदीमा झोलुङ्गे पुल निर्माण गरिएको हो। २०७८ मंसिर १८ गते पुलको निर्माण कार्य सुरु गरिएको थियो।

clock शुक्रबार १०, चैत २०७९ ०९:३१

प्रतिक्रिया