धनगढीको आदर्श चोकबाट साढे ५ लाखका अवैध आईफोन बरामद
धनगढी । कैलालीमा प्रहरीले साढे पाँच लाख बढि मूल्य पर्ने अवैध आईफोन बरामद गरेको छ । सोमबार धनगढी उपमहानगरपालिका–२ को आदर्श चोकबाट भन्सार छली गरि भित्र्याइएका अवैध आईफोन बरामद गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले भारतबाट भन्सार छली गरि ल्याइएका पाँच लाख ७१ हजार पाँच सय बराबरको पर्ने आईफोन, बरामद गरिएको बताए ।
उनकाअनुुसार भन्सार छली गरि ल्याइएको पाँच वटा आईफोन ११ मोडल, एउटा एक्सआर मोडल, एउटा आइफोन ७ मोडल तथा आईफोन कभर र डाटा केबल समेत बरामद गरिएको छ ।
बरामद गरिएको आईफोन आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया