बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स) सुदुरपश्चिमको अध्यक्षमा मीश्र
धनगढी । बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स) नेपाल सुदुरपश्चिमको अध्यक्षमा जय राज मिश्र निर्बीरोध निर्वाचीत भएका छन् । धनगढीमा भएको पहिलो अधिबेशनबाट मीश्रको अध्यक्षमा १७ सदस्यीय प्रदेश कमिटी निर्वाचीत भएको हो ।
कमिटीको उपाध्यक्षमा बिजय चन्द, सचिवमा भूपेन्द्र बम, उपसचिवमा सिल्पा खाती, कोषाध्यक्षमा रुद्र प्रसाद पौडेल निर्वाचीत भएका छन् ।
यस्तै सदस्यहरुमा लाल बहादुर सिंह, मोहन ओझा, कृष्ण पोखरेल, प्रकाश नाथ, लेख राज भण्डारी, गायत्री भण्डारी, गणेश कुंवर, कपिल श्रेष्ठ, कैलाश चन्द, इन्द्र खनाल, कमला यादव, भरत जंग राना निर्वाचीत भएका छन् ।
प्रदेश महिला कमिटीको अध्यक्षमा भण्डारी
बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स) नेपाल सुदुरपश्चिमको महिला अध्यक्षमा प्रमिला भण्डारी निर्बीरोध निर्वाचीत भएकी छिन् । धनगढीमा भएको पहिलो अधिबेशनबाट भण्डारीको अध्यक्षमा ७ सदसीय कमिटी निर्वाचीत भएको हो ।
कमिटीको उपाध्यक्षमा धनसरा श्रेष्ठ, सचिबमा लता भट्ट, उपसचिवमा लबि बिस्ट, कोषाध्यक्षमा लक्ष्मी बिक (कडारा) निर्वाचीत भएका छन् । यस्तै सदस्यहरुमा संगीता चौधरी, रिता चौधरी, कबिता आग्री, खेमा जोशी निर्वाचीत भएका छन् ।
प्रदेश युवा कमिटीको अध्यक्षमा धामी
बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स) नेपाल सुदुरपश्चिमको यूवा अध्यक्षमा प्रेम सिंह धामी निर्बीरोध निर्वाचीत भएकी छिन् । धनगढीमा भएको पहिलो अधिबेशनबाट धामीको अध्यक्षमा ७ सदसीय कमिटी निर्वाचीत भएको हो ।
कमिटीको उपाध्यक्षमा गोबिन्द भन्डारी, सचिबमा दिपक ढकाल, उपसचिबमा बिष्णु पान्डे, कोषाध्यक्षमा राम भट्टराई निर्वाचीत भएका छन् । यस्तै सदस्यहरुमा योगेश सिंह, साउद, नरेन्द्र थापा, कलेन्द्र धामी, योगेन्द्र बडु निर्वाचीत भएका छन् ।
ओम्स नेपाल का प्रदेश अध्यक्ष जयराज मिश्रको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथी जिफन्ट सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष जित बहादुर मल्ल रहेका थिए । कार्यक्रममा ओम्स नेपाल के.क उपाध्यक्ष डम्मर ठकुल्ला, जिफन्ट सु.प. प्रदेस उपाध्यक्ष ठक्कर बिष्ठ, सचिव चन्द्र प्रकाश गैह्रे, ओम्स नेपाल के.क उपमहासचिव जनक ढकाल, वरिष्ठ बजार ब्यवस्थापक गणेश श्रेष्ठ, जिफन्ट सु.प.सदस्य हिरा बिष्ठ, ओम्स नेपाल के.क सदस्यहरू पुष्कर सिंह धामी र निर्माया चौधरी, ईटवान सु.प. अध्यक्ष ललित चन्द, नाटु सू.प. अध्यक्ष मिन बहादुर कार्की, नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियन सु.प. प्रदेस अध्यक्ष दान बहादुर चन्द, जिफन्ट कैलाली जिल्ला संयोजक सुमित श्रेष्ठ, टेड्कर ईकाइ कमिटी अध्यक्ष पुष्कर गुरूड लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया