धनगढी होलसेल व्यवसायी संघको अध्यक्षमा कार्की चयन
धनगढी । धनगढी होलसेल व्यवसायी संघ धनगढीको अध्यक्षमा वीरबहादुर कार्की चयन भएका छन्। धनगढीमा शनिबार सम्पन्न भएको छैठौं अधिवेसनबाट कार्कीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो।
कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा जयेन्द्र स्वाँर, उपाध्यक्षमा विनोदकुमार जिसी, महासचिवमा यमनाथ सिग्देल, कोषाध्यक्षमा कोपिला कुँवर, सचिवमा रेखा बाँस्तोला चुनिएका छन्।
सदस्यमा इन्दिरा सिटौला, कल्पना पौडेल, सुशील शाही, कमल सुवेदी, रामचन्द्र पनेरु, योगेन्द्र भट्ट र महादेव भट्ट चयन भएका छन्।
प्रतिक्रिया