दारी ग्याङ धनगढीको अध्यक्षमा सुवेदी निर्विरोध चयन

  शनिबार १९, माघ २०८१ २१:२४

धनगढी । दारी ग्याङ धनगढीको अध्यक्षमा कमल सुवेदी निर्विरोध चयन भएका छन् । शनिबार धनगढीमा सम्पन्न दोस्रो अधिवेशनबाट सुवेदी अध्यक्ष चयन भएका हुन । 
यस्तै उपाध्यक्षमा समिरजंग कुवँर, सचिवमा रोशन शाही, कोषाध्यक्षमा भरत खड्का चयन भएका छन् । 

निवर्तमान अध्यक्ष अमित खड्काको अध्यक्षतामा सुरु भएको दोस्रो अधिवेशनमा प्रमुख अतिथि दारी ग्याङ सुदूरपश्चिमका अध्यक्ष दिनेश बोहरा रहेका थिए । 
दारी ग्याङ धनगढीका सल्लाहकार पाण्डव पुजारा ले कार्यक्रम सञ्चालन गरेका थिए । 

दारी ग्याङ लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको युवाहरूको संस्था हो । संस्थाले आकस्मिक रक्तदान, युवा सशक्तीकरण र विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।

clock शनिबार १९, माघ २०८१ २१:२४

प्रतिक्रिया