गोदावरीका २ जना युवक खैरो हेरोइनसहित पुनर्वासबाट पक्राउ

  शनिबार १९, माघ २०८१ ०८:२६

कञ्चनपुर । कैलालीको गोदावरीका २ जना युवक खैरो हेरोइनसहित कञ्चनपुरबाट पक्राउ परेका छन्।

पुनर्वास नगरपालिका–५ बाट सुदूरपश्चिम प्रदेश ०१–००८ प ३८१८ नम्बरको मोटर साईकलमा सवार गोदावरी नगरपालिका–३ बस्ने ३२ वर्षीय सन्तोष भट्ट र सोही ठाँउ बस्ने ३६ वर्षीय उद्धबराज भट्ट पक्राउ परेका हुन्। 

दुबै जनालाई १ ग्राम ९१० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।

यस्तै पुनर्वास नगरपालिका-११ डोकेबजारबाट ७५० मिलिग्राम लागुऔषधसहित दुई किशोरलाई प्रहरी चौकी परासन कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ। 

clock शनिबार १९, माघ २०८१ ०८:२६

प्रतिक्रिया