एक्सिस बिद्याश्रम कक्षा १२ मा अध्ययनरत बिद्यार्थीहरु द्वारा रक्तदान

  बिहिबार ०९, चैत २०७९ २०:४६

धनगढी । एक्सिस बिद्याश्रम कक्षा १२ मा अध्ययनरत बिद्यार्थीहरुले आज रक्तदान गरेका छन । एक्सिस युथ रेडक्रसले आयोजना गरेको  रक्तदान कार्यक्रममा ६५ पिन्ट रगत संकलन भएको युथ रेडक्रसका संयोजक शंकर खडकाले बताए । 

हरेक बर्ष कक्षा १२ मा अध्ययनरत बिद्यार्थीहरुले र बिद्यालयमा गठित युथ रेडक्रस सर्कलले संयुक्त रुपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको बिद्यालयका प्राचार्य अनिता पन्तले बताइन । 

विद्यार्थीलाई किताबी ज्ञान मात्रै नभएर सामाजिक तथा मानविय कार्यमा अभिरुची बढाउनका लागी बिद्यालयले बिगत छ बर्षदेखी कक्षा १२ का बिद्यार्थीहरुको अगुवाईमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आइरहेको प्राचार्य पन्तले जानकारी दिईन ।

clock बिहिबार ०९, चैत २०७९ २०:४६

प्रतिक्रिया