राती १० बजेपछि घरबाहिर ननिस्कन घोडाघोडी नगरपालिकाको अनुरोध
सुखड । कैलालीको घोडाघोडी नगरपालिकाले राती १० बजेपछि घरबाहिर ननिस्कन आग्रह गरेको छ । नगरपालिकाले सोमबार सूचना जारी गर्दै रातीको समयमा केही व्यक्तिले आतंक फैलाईरहेका कारण १० बजेपछि घरबाहिर ननिस्कन नगरबासीहरुलाई आग्रह गरेको हो ।
‘नगरपालिकाका विशेष गरी वडा नं. १, २, ४, ६ र ८ का विभिन्न स्थानमा केही दिन देखी रातीको समयमा स्थानीयबासीहरुको घर, गोठ, परालमा अज्ञात समुहद्धारा आगो लगाउने, चोरी गर्ने जस्ता अपराधिक क्रियाकलापहरु गरि गाउँटोलमा आतंकित बनाउने गरेको र सो कार्यबाट समाजमा त्रासको वातावरण सृजना गर्ने कार्यहरु बढीरहेको भन्ने गुनासो आईरहेकोले त्यस्ता क्रियाकलापमा संलग्न जो कोहीलाई कानुन अनुसार कार्वाहीको लागि नजिकको सुरक्षा निकायमा जानकारी गराऔँ’ नगरपालिकाद्धारा जारी सूचनामा भनिएको छ ‘साथै रातीको समयमा सावधानी अपनाउन र अति आवश्यक काम बाहेक राती १० बजेपछि द्धरबाहिर ननिस्किन हुन जानकारी गराईन्छ ।’
त्यस्तै नगरपालिकाले शुभकार्यमा समेत राती १० बजेपछि बाजा बजाउन र हिडडुल गर्ने काम नगर्न भनेको छ । साथै रातीको समयमा आतंक फैलाउने व्यक्तिलाई कानुन अनुसार कारबाहीका लागि नजिकको सुरक्षा निकायमा जानकारी गराउन नगरपालिकाले आग्रह गरेको छ ।
प्रतिक्रिया