राष्ट्रपति रनिङ्ग शिल्डको कैलाली छनोट सुखड र पहलमानपुरमा हुने
धनगढी । १५ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका लागि कैलाली जिल्ला छनोट फागुन ७ गतेदेखि घोडाघोडी नगरपालिकाको सुखड र पहलमानपुर हुने भएको छ ।
कैलाली जिल्ला खेलकुद समितीमा बसेको बैठकले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका लागि कैलाली जिल्ला छनोटको मिति तय गरेको कार्यालय प्रमुख आश्रम केसीले जानकारी दिए ।
कैलाली जिल्ला खेलकुद समितीका अध्यक्ष ललीत खत्रीले फागुन ७ गतेदेखि ९ गतेसम्म राष्ट्रपति रनिङ्ग शिल्डको छनोट प्रतियोगिता हुने जानकारी दिए ।
प्रतिक्रिया