अछामको किशोरी मृत्यु प्रकरणमा दुई जना प्रहरी नियन्त्रणमा

  सोमबार १४, माघ २०८१ ०७:५१

अछाम । अछामको किशोरी मृत्यु प्रकरणमा प्रहरीले २ जनालाई सोधपुछको लागी नियन्त्रणमा लिएको छ । आइतबार साँझ जिल्लाको ढकारी गाउँपालिकाबाट उहाँहरूलाई पक्राउ गरिएको छ ।

पक्राउ  पर्ने दुवै जना २० वर्ष भन्दा कम उमेरका हुन । जिल्लाको ढकारी गाउँपालिका ८ कि १५ वर्षीय सरस्वती खड्का र १४ वर्षकी इशरा खड्काको ढकारी गाउँपालिकाकै वडा नम्बर १ स्थित सुनघर सामुदायिक बनमा शनिवार बेलुकी शव फेला परेको थियो । 

शुक्रवार बिहान घरबाट बाख्रा चराउन गएका उहाँहरू त्यही दिनबाट सम्पर्क विहीन हुनुभयो  । शनिवार शङ्कास्पद अवस्थामा शव फेला परेसँगै आफन्तले हत्याको आशङ्का गरेका हुन । परिवारका सदस्यहरूले हत्या भएको भन्दै छानबिनको लागी स्थानीय प्रशासन सँग माग गरेको छन् । 

शव क्षतविक्षत अवस्थामा अलग अलग ठाउँमा फेला परेका छन् । मृतक दुवै जना एउटै परिवारको हुन । मृतक मध्य सरस्वती फुपू र ईशरा भदैनी नाता पर्छन् । 

शङ्कास्पद व्यक्तिका बारेमा परिवारले दिएको जानकारीका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । परिवारका सदस्यहरूले दुवै जनाको हत्या भएको भन्दै छानबिनको माग गरेका छन् । 

clock सोमबार १४, माघ २०८१ ०७:५१

प्रतिक्रिया