मजगाउँमा तीन दिन माघ महोत्सव आयोजना हुने
धनगढी । कैलालीको मजगाउँमा तीन माघ महोत्सव आयोजना हुने भएको छ । थारू समुदायको हराउँदै गरएको लोककला, रिती संस्कृति, संरक्षण सम्र्बद्धन तथा पहिचान बचाउनका लागि मजगाउँमा माघ महोत्सव २०८१ हुने भएको हो ।
‘संस्कृति संरक्षण, स्थानीय पर्यटन ओ आधुनिक कृषि प्रर्वद्धनके लाग एकजुट हुइ’ भन्ने मुल नाराका साथ गोदावरी नगरपालिका– ८ मजगाउँमा तीनदिने माघ महोत्सव आयोजना हुने भएको छ । थारू कल्याणकारिणी सभा गोदावरी नगरसमिति र बरघर भलमन्सा नगरसमितिको आयोजना र मजगाउँ थारू समुदायिक होमस्टे र न्यू खुँटिया चारपाटे युवा क्लबको सहकार्यमा महोत्सव आयोजना हुने बिहिवार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
महोत्सव यहि माघ १२, १३ र १४ गते आयोजना गरिन लागेको थारु कल्याण कारिणी सभा गोदावरी नगर अध्यक्ष जनकलाल चौधरीले बताए । उनले थारू समुदायको लोककला, रितीसंस्कृति, गीतबास, रितीरिवाज, चालचलन बोलीभाषा संरक्षण सम्बद्धनका लागि महोत्सव आयोजना गर्न लागेको बताए ।
थाकस कैलालीका पूर्व कावा सभापति माधव चौधरीले थारू समुदायको संस्कृति संरक्षण तथा ऐतिहासिक बस्तुहरु जगेर्ना गर्ने उद्देश्य सहित महोत्सव आयोजना गरिन लागेको बताए । यसका साथै उनले स्थानीय पर्यटन, आधुनिक कृषि प्रवर्धन र पर्यावरण संरक्षणका लागि पनि महोत्सव आयोजना गरिन लागेका बताए ।
महोत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले गर्ने आयोजकले जानकारी दिएको छ । महोत्सवमा थारू परिकार, कृर्षि उपज, स्थानिय उत्पादन लगायतका स्टल रहने छ ।
प्रतिक्रिया