कैलालीमा लागूऔषधसहित १० जना पक्राउ
धनगढी । कैलालीमा एकैदिन १० जना लागूऔषधसहित पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका–३ चौकिडाडाबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ मौरीफाँटा बस्ने २५ वर्षीय बिरेन्द्र भट्टराई पक्राउ परेका छन्।
भट्टराईलाई ७ ग्राम ५६० मिलिग्राम खैरो हेरोइन र नाईट्रोजेपाम–९० ट्याबलेटसहित इलाका प्रहरी कार्यालय मालाखेती, कैलाली र लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय धानगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
धनगढी उपमहानगरपालिका–३ विशालनगरबाट सोही ठाउँ बस्ने २४ वर्षीय पुरन सिंह ठाकुर, ३१ वर्षीया अनु सुनुवार, कञ्चनपुरको पुनर्वास नगरपालिका–८ बस्ने २४ वर्षीय सन्दिप खड्का र डोटीको जोरायल गाउँपालिका–४ बस्ने २० वर्षीय इन्द्रा बुढामगर पक्राउ परेका छन्। यी चारै जनालाई ३७० मिलिग्राम खैरो हेरोइनसहित अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।
यस्तै टीकापुर नगरपालिका–९ खक्रौलाबाट टीकापुर नगरपालिका–५ बस्ने २७ वर्षीय कमल रावललाई ७६० मिलिग्राम खैरासहित इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।
यसैगरी धनगढी उपमहानगरपालिका–२ बर्गर हाउस नजिकबाट गौरीगंगा नगरपालिका–११ बस्ने २१ वर्षीय निरञ्जन चौधरीसहित चार जनालाई १ ग्राम ३७० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको छ। यी चारै जनालाई जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोष्ट बसपाकबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। बुधवार पक्राउ परेका यी १० जनामाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
                    
                                
                        
                                        
                                        
                                            
                                            
                                            
                                            
                                    
                                    
                                    
                                    
                                    
                                            
                        
                        
                        
                        
                        
प्रतिक्रिया