कञ्चनपुरको चाँदनी डान्सबारबाट पेस्तोल सहित चार भारतीय नागरिक पक्राउ
महेन्द्रनगर । कञ्चनपुरको चाँदनी डान्सबारबाट पेस्तोल सहित चार जना भारतीय नागरिक पक्राउ परेका छन् ।
जिल्लाको भीमदत्त नगरपालिका ६ मा रहेको चादनी डान्सबारबाट पेस्तोल सहित चार जना भारतीय नागरिक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
ति भारतीय नागरिकहरुले डान्सबार भित्र एकाएक नेपालीमाथि पेस्तोल ताकेपछी घटना सार्बजनिक भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रहरी प्रवक्ता उमेश जोशीले बताएका छन् । प्रवक्ता जोशीले भारतीय नागरिकहरुले चलाएको यु।के०६ ए।आर०८४६ नम्बर प्यलेटको गाडी सहित चार जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको बताएका छन् ।
पक्राउ पर्नेमा खटिमाको प्रेमनगर बस्ने ३१ बर्षका संजय जेठी,सोहि बस्ने ३४ बर्षका जिवन सिहं, बर्ष ३१ का कोमल विष्ट,बर्ष ३४ का उमेद सिहंं अधिकारीलाई नियन्त्रणमा लिएको प्रवक्ता जोशीले आभाष डट।कमलाई बताए ।
हतियार सहित पक्राउ परेका ति भारतीय नागरिकले मापसे समेत गरेको र उनिहरुको साथबाट बरामद भएको हतियार लगाएत मालसमानको मुचुल्का तयार भईरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।
                    
                                
                        
                                        
                                        
                                            
                                            
                                            
                                            
                                    
                                    
                                    
                                    
                                    
                                            
                        
                        
                        
                        
                        
प्रतिक्रिया