बैतडीका युवकको भारतमा भिरबाट लडेर मृत्यु
बैतडी । बैतडीका एक युवकको भारतमा भिरबाट लडेर मृत्यु भएको छ । सिगास गाउँपालिका–८ लुपुण मल्लाडौडका २८ वर्षीय प्रेमसिंह बोहराको भारतमा भिरबाट लडेर मृत्यु भएको स्थानीय सूर्यबहादुर बोहराले बताए ।
भारतको पिथौरागढमा काम गर्दै आएका बोहरा मंगलबार साँझ काम गरेर फर्कने क्रममा भिरको बाटोबाट करिब १५० मिटर तल खसेका थिए ।
भिरबाट खसेर गम्भीर घाइते भएका उनलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ । मृतक बोहरा डेढ महिना पहिलामात्रै रोजगारीका पिथौरागढ पुगेका बताइएको छ ।
प्रतिक्रिया