भारतमा अस्ताए बैतडीको पाटनका रमेश
धनगढी । भारतमा भएको सडक दुर्घटनामा परेका बैतडीका रमेश लुहारको मृत्यु भएको छ । बैतडीको पाटन नगरपालिका – ४ चिल्यापानीका २५ वर्षीय रमेशको आइतबार बिहान सडक दुर्घटनामा परेर मृत्यु भएको हो ।
भारतको गुजरातमा आफैले चलाउँदै गरेको बस दुर्घटनामा परेर उनको मृत्यु भएको मृतकका भाइ अजय लुहारले बताए ।
विगत ५ वर्ष देखि गुजरातमा बस्दै आएका उनका श्रीमती र २ वर्षीय छोरी र १ वर्षको छोरा पनि सँगै बस्दै आएका थिए । कलिलै उमेरमा रमेशको मृत्यु पछि उनको परिवार शोकमा डुबेको छ ।
प्रतिक्रिया