धनगढीमा द्वारिकादेवी र केआई सिंहको शालिक बन्ने
धनगढी । कैलालीको धनगढीमा द्वारिकादेवी ठकुरानी र केआई सिंहको प्रतिमा बन्ने भएको छ । धनगढी उप-महानगरपालिकाले द्वारिकादेवी ठकुरानी र केआई सिंहको शालिक बनाउने तयारी गरेको हो ।
उपमहानगरपालिकाले सुदूरपश्चिम प्रदेशमा श्रीबृद्दी गर्न योगदान पुर्याएको भन्दै द्वारिकादेवी ठकुरानी र डा. केआई सिंहको प्रतिमा बनाउने जनाएको हो ।
सुदुरपश्चिममा जन्मिएर पहिलो पटक देशको बिषिस्ट श्रेणीमा पुग्न सफल भएका द्वारिकादेवी ठकुरानी र केआई सिंहको शालिक बनाइने उपमहानगरपालिकाका मेयर गोपाल हमालले जानकारी दिए ।
उपमहानगरपालिकाले बिभिन्न क्षेत्रमा योगदान दिएका ब्यक्तीहरुको सम्मानमा शालिक निर्माण लगायतका बिविध गतिबिधि गर्दै आएको छ ।
प्रतिक्रिया