नाकको प्वालमा लुकाइएको लागू औषध सहित गोदावरीबाट युवक प्रकाउ

  शुक्रबार ०४, माघ २०८१ १७:४७

अत्तरिया । कैलालीको गोदावरी नगरपालिका-५ बाट लागू औषध सहित एक युवक पक्राउ परेका छ्न ।

शुक्रबार प्रहरी अपराध अनुसन्धान समूहले मेडिकल कलेज नजिक छापा हानेर ३३ वर्षीय ओकेन्द्र चौधरीलाई पक्राउ गरेको हो।

प्रहरीले चौधरीको शरीरमा जाँच गर्दा नाकको प्वालमा लुकाइ राखेको १ ग्राम ३४० मिलीग्राम लागू औषध (हेरोइन) फेला पारेको छ। चौधरीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जनाइएको छ।

clock शुक्रबार ०४, माघ २०८१ १७:४७

प्रतिक्रिया