भिजिबिलिटी घटेपछि महेन्द्रनगर अत्तरिया सडकमा रिफेक्लेटिभ स्टिकर टाँस्दै ट्राफिक प्रहरी

  बिहिबार ०३, माघ २०८१ १५:५०

धनगढी । ट्राफिक प्रहरीले कुहिरो हुस्सुका कारण हुने दुर्घटना रोक्न रिफेक्लेटिभ स्टिकर सुरु गरेको छ ।

ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले कुहिरो हुस्सुका कारण भिजिबिलिटी कम भएको समयमा हुने दुर्घटना रोक्न पूर्व पश्चिम राजमार्ग अन्तरगत महेन्द्रनगर–अत्तरिया सडक खण्डमा रिफेक्लेटिभ स्टिकर टाँस्न थालेको हो ।

प्रहरीले सडक किनाराका रोड डेलाइनेटर, कल्भर्टमा लगायत सडक किनारामा जडान गरीका होडिङ बोर्डहरूमा रिफेक्लेटिभ स्टिकर टाँस्न थालेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

clock बिहिबार ०३, माघ २०८१ १५:५०

प्रतिक्रिया