रुवस होटेलका सञ्चालक भट्टलाई पितृ शोक

  बिहिबार ०४, माघ २०८१ ०९:३३

धनगढी । धनगढी उपमहानगरपालिका ४ स्थित रुवस होटेलका सञ्चालक प्रकाशचन्द्र भट्टलाई पितृशोक परेको छ ।

पर्यटन व्यवासायी प्रकाशचन्द्र भट्टका बुवा रघुनाथ भट्टको बिहिबार बिहान ९७ वर्षको उमेरमा निधन भएको हो ।

मृतक भट्टको आजै अन्त्येष्टि गरिने भएको छ। धनगढी-५ तारानगरबाट निवासबाट दिउँसो १२ बजे गोदावरी आर्यघाटका लागि महाप्रस्थान यात्रा निकालिने परिवारले जनाएको छ।

मृतक भट्टका पाँच छोरा र दुई छोरी छन्।

clock बिहिबार ०४, माघ २०८१ ०९:३३

प्रतिक्रिया