डडेल्धुराबाट बाल यौन दुर्व्यवहार मुद्दाका फरार प्रतिवादी पक्राउ
डडेल्धुरा । डडेल्धुराबाट प्रहरीले बाल यौन दुर्व्यवहार मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
मंगलबार जिल्ला अदालत डडेल्धुराको फैसलाले वाल यौन दुर्व्यवहार मुद्दामा ३ महिना कैद सजाय, ५ हजार रुपैयाँ जरिवाना र १० हजार रुपैयाँ क्षतिपूर्ति तोकिएको परशुराम नगरपालिका – १२ जोगबुढाका ५० वर्षीय काले कामी पक्राउ परेका हुन ।
उनलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले घरबाटै पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
प्रतिक्रिया