धनगढीको तारानगरमा खुल्यो ‘पोटली फुड्स’

  मङ्गलबार ०१, माघ २०८१ १९:२४

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा ‘पोटली फुड्स’ सञ्चालनमा आएको छ । सुदूरपश्चिमका स्थानीय परिकारलाई आधुनिक शैलीमा पस्कनका लागि डेढ करोड बढीको लगानीमा मंगलबारदेखि पोटली फुड्स सञ्चालनमा ल्याइएको हो । 

कोदो, मकै, फापर लगायतका परम्परागत परिकारलाई विशेष प्राथमिकतामा राखेर सेवा दिन पोटली खोलिएको व्यवस्थापक माधव रोस्याराले जानकारी दिए । 

‘आधुनिक जीवनशैलीसँग मेल खाने गरी सुदूरपश्चिमको मौलिक खानालाई पुनर्जीवित गर्ने उद्देश्यले पोटली फुड्सले आफ्नो सेवा सुरु गरेको हो,’ उनले भने, ‘पोटलीले रैथाने परिकारलाई आधुनिक शैलीमा प्रस्तुत गर्ने छ । ’

उनका अनुसार सुदूरपश्चिमको मौलिक स्वादलाई विश्वस्तरीय बनाउने तथा स्थानीय उत्पादन र संस्कृतिको जगेर्ना गर्न पनि पोटलीले योगदान पु¥याउने विश्वास गरिएको छ । पोटलीमा खाना, नास्ता, चिया, कफीसंगै बार र लाउन्ज पनि रहेको बताइएको छ । 

सुदूरपश्चिमका सांस्कृतिक र भाषिक पहिचानलाई झल्काउन ‘पोटली’ नाम राखिएकोमा उक्त शब्द खाना र खाजा लागि प्रयोग गरिन्छ । 

clock मङ्गलबार ०१, माघ २०८१ १९:२४

प्रतिक्रिया