कैलालीमा मध्यरातमा जुवाखालमा प्रहरीको छापा, ११ जना पक्राउ
धनगढी । कैलालीमा मध्यरातमा प्रहरीले जुवाखालमा छापा हानेको छ । सोमबार राति २ बजे बर्दगोरिया गाउँपालिका–३ का जीवन खत्रीको घरमा जुवातास भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले छापा हानेको थियो ।
सो क्रममा जुवातास खेलिरहेको अवस्थामा भेटिएका खत्रीसहितका ११ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–३ का तपेन्द्र खड्का, बिनोद अधिकारी, सुरज ओली, सुुर्खेतको चौकुुने गाउँपालिकाका तिलकबहादुर बन्तोला, मोहन खत्री, घोडाघोडी नगरपालिका–२ का कटक थापा, बर्दगोरिया–१ का केशव बुढा, उपेन्द्र सुनार, तारामान कुँवर र लोकबहादुर बिक रहेको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए ।
उनकाअनुसार उनीहरुको साथबाट तासको गड्डी, ११ थान मोबाइल र ६२ हजार ८५५ रुपैयाँ नगद बरामद गरिएको छ ।उनीहरुलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
                    
                                
                        
                                        
                                        
                                            
                                            
                                            
                                            
                                    
                                    
                                    
                                    
                                    
                                            
                        
                        
                        
                        
                        
प्रतिक्रिया