गोदावरी स्नानका लागि निःशुल्क बसको व्यवस्था
धनगढी । कैलालीको गोदावरी धाममा लाग्ने मकर मेलाको अवसरमा स्नान गर्न जानेहरुका लागि निःशुल्क बसको व्यवस्था गरिने भएको छ।
गोदावरी नगरपालिकाले निःशुल्क बसको व्यवस्था गर्न लागेको हो। माघ १ गते नगरपालिकाले ५ वटा बस सञ्चालन गर्ने नगरप्रमुख बिरेन्द्र भट्टले बताए।
मेलामा जाने भक्तजनहरूको सुविधाका लागि स्याउले, मालाखेती, गेटा र अत्तरियादेखि गोदावरीसम्म ५ वटा बस निःशुल्क बिहान ५ बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन गरिने उनले बताए।
गत वर्ष पनि नगरपालिकाले मकर मेलाको समयमा निःशुल्क बस सेवा उपलब्ध गराएको थियो। गोदावरी धाम विकास समितिले हरेक बर्ष १२ राषी मकर मेला लगाउने गरेको छ।
                    
                                
                        
                                        
                                        
                                            
                                            
                                            
                                            
                                    
                                    
                                    
                                    
                                    
                                            
                        
                        
                        
                        
                        
प्रतिक्रिया