डोटीको सीताराम विद्यालयको पूर्व विद्यार्थी समाज गठन, अध्यक्षमा कडायत

  आइतबार २९, पुष २०८१ ०७:३८

कैलाली । डोटी जिल्लाको पुरानो शैक्षिक संस्था शिखर –९ मा रहेको सीताराम माध्यमिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरूको पूर्व विद्यार्थी समाजको अध्यक्षमा लाल बहादुर कडायत चयन भएका छन् ।

समाजको शनिवार बसेको प्रथम साधारण सभाबाट तदर्थ समितिका अध्यक्ष कडायत अध्यक्षमा दोहरिएका हुन । कडायत विद्यालयका पूर्व प्रधानाध्यापक समेत हुन । यस्तै वरिष्ठ उपाध्यक्ष भीम बहादुर बलायर, उपाध्यक्षमा कृष्ण बोहरा, सचिवमा जयराज ओझा, कोषाध्यक्षमा वीर बहादुर कुँवर चयन भएका छन् ।

विद्यालयका पूर्व प्रधानाध्यापक लोकराज पन्तको प्रमुख अतिथित्यामा भएको कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्त, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्पराज पन्त लगायत विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

सीताराम विद्यालय २०१७ सालमा स्थापना भएको हो । उक्त विद्यालयमा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा, एमाले सचिव लेखराज भट्ट, काँग्रेस नेता वीर बहादुर बलायरले समेत अध्ययन गरेका थिए ।

clock आइतबार २९, पुष २०८१ ०७:३८

प्रतिक्रिया