आजको मौसम : पहाडमा वर्षा, हिमाली भेगमा हिमपातको सम्भावना

  आइतबार २९, पुष २०८१ ०७:१६

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । सोही प्रभावका कारण आज आइतबार देशका विभिन्न भागमा वर्षा तथा हिमपातको सम्भावना छ ।

पहाडी भूभागमा वर्षाको सम्भावना रहेको छ भने हिमाली भेगमा हिमपातको सम्भावना छ । तराईका केही स्थानमा हुस्सु लागेको छ। 

आज दिनभर कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम  मुख्यतया  सफा रहेको छ । 

पहाडी क्षेत्रमा साधारणतया बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा साधारणतया बदली रहने सम्भावना रहेको महाशाखाले जनाएको छ । 

कोशी प्रदेशमा दिउँसो हिमाली क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । 

राति हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना समेत रहेको छ । तराई क्षेत्रमा भने साधारणतया बदली मात्रै रहने सम्भावना छ । 

clock आइतबार २९, पुष २०८१ ०७:१६

प्रतिक्रिया