कैलालीका सिडिओ हमालद्वारा पद बहाली, सकारात्मक सुचना प्रबाहमा जोड
धनगढी । कैलालीका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले जिम्मेवारी सम्हालेका छन् । भरखरै शरुवा भएर कैलाली जिल्लाको प्रमुख भएर आएका हमालले जिम्मेवारी सम्हालेपछि पत्रकारहरुसगं अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रम गरेका हुन् । शुक्रबार कैलालीका पत्रकारहरु सगं परिचयात्मक कार्यक्रम गरेका हमालले जिल्लाको शान्ती शुरक्षा लगायतमा सहकार्य गर्न आग्रह गरे ।
कैलाली जिल्ला भारतसगंको खुला सिमाना भएको जिल्ला हो प्रमुख जिल्ला अधिकारी हमालले भने “यहाँ चोरी तस्करी तथा लागुऔषधको धेरै समस्या छ, यसको समाधानका लागी सञ्चारकर्मी र हामी सहकार्य गर्नुपर्छ, केही हदसमम कम गर्न सकिन्छ ।”
हमालले पत्रकारिता क्षेत्रमापनि थुप्रै चुनौती रहेको बताए । पछिल्लो समय गलत किसिमका सुचना धेरै प्रबाह भइरहेका छन् उनले भने “सामाजिक सञ्जाल तथा बिभिन्न युटुबबाट यस्ता सुचना प्रबाह भएको पाइन्छ जसबाट ब्यवसायिक रुपमा पत्रकारिता गर्ने ब्यक्तीलाई समेत प्रभाव पारेको छ, यसलाई सुधार्न पत्रकार महासघं र हामी सहकार्य गर्नुपर्छ ।”
हमालले सकारात्मक सुचना प्रबाह गरे नागरिकमा छाएको निराशा कम गर्न सकिने बताए । पछिल्लो समय केही भएन भन्ने एउटा भाष्य खडा भएको छ उनले भने “म ५ बर्ष अघी धनगढी आउँदा कस्तो सडक थियो अहिले कति राम्रो भइसकेछ, यहाँ मात्रै थुपै्र परिवर्तन तथा बिकास भएको देखे, भौतिक बिकास मात्रै होइन, अन्य क्षेत्रमापनि धेरै सुधार भएको छ त्यस कारण सञ्चार माध्यमले यस्ता बिषयको पनि उठान गर्नुपर्छ ।”
                    
                                
                        
                                        
                                        
                                            
                                            
                                            
                                            
                                    
                                    
                                    
                                    
                                    
                                            
                        
                        
                        
                        
                        
प्रतिक्रिया