कैलालीमा ३४ हजार चार सय क्विन्टल धान खरिद

  बुधबार २४, पुष २०८१ ०७:२७

धनगढी । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कैलालीमा यस वर्ष किसानबाट ३४ हजार ४५८ क्विन्टल धान खरिद गरेको छ । लिमिटेडले जिल्लाको छ स्थानमा गोदाम र केन्द्र सञ्चालन गरेर किसानबाट धान खरिद गरेको हो । 

टीकापुर गोदामले १४ हजार ९४०.६५ क्विन्टल, सत्ती गोदामले १० हजार २६८.५७ क्विन्टल, भजनी खरिद केन्द्रले दुई हजार ५९१.८४ क्विन्टल धान खरिद गरेको जनाइएको छ । 

यसैगरी, जोशीपुर खरिद केन्द्रमा चार हजार १४२.६६ क्विन्टल, गौरीगङ्गा खरिद केन्द्रमा २९७.४५ क्विन्टल र मोहनपुर गोदाममा दुई हजार २१६.९८ क्विन्टल धान खरिद भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी नवीन बूढाले जानकारी दिए। 

लिमिटेडले यस वर्ष कात्तिक ११ गतेबाट किसानको धान खरिद कार्य सुरु गरेको थियो । प्रति क्विन्टल तीन हजार ४१०.५१ रुपियाँमा मोटा धान खरिद गरिएको छ । लिमिटेडले किसानलाई दिएको मूल्य व्यापारीको भन्दा राम्रो हो । व्यापारीले यसवर्ष प्रति क्विन्टल तीन हजार एक सय वा तीन हजार दुई सय रुपियाँमा किसानको धान खरिद गरेको जनाइएको छ । 

clock बुधबार २४, पुष २०८१ ०७:२७

प्रतिक्रिया