पत्रकार दीपक उपाध्याय सुदूरपश्चिमकाे रक्तदान सद्भाव दूत नियुक्त
धनगढी । पत्रकार एवम् सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी पटक रक्तदान गर्नु भएका रक्तदाता दीपक उपाध्याय रक्तदान सद्भाव दूतमा नियुक्त हुनु भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले उहाँलाई रक्तदान सद्भाव दूत नियुक्त गरेको हो ।
आज धनगढीमा निःशुल्क रक्त सेवा शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री कमलबहादुर शाहले सम्मानसहित उपाध्यायलाई रक्तदान सद्भाव दूत नियुक्त गर्नुभयो ।
उपाध्यायले कैयौं वर्षदेखि बिरामीलाई रगत उपलब्ध गराउनका लागि सहयोग गर्दै आउनुभएको छ ।
यसैगरी, उहाँले रक्तदान कार्यक्रम सञ्चालन र रक्तदान गर्नका लागि विभिन्न सङ्घ संस्था, व्यक्तिलाई घचघच्याउनुका साथै प्रेरणा प्रदान गर्दै आउनु भएको छ ।
धनगढी निवासी उहाँले हालसम्म १०७ पटक रक्तदान गर्नुभएको छ । रगत आवश्यक पर्ने बित्तिकै धेरैजसो बिरामीका आफन्तले उहाँलाई सम्पर्क गर्ने गरेका छन् ।
प्रतिक्रिया